मंगलवार, कार्तिक ४ गते २०८३

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, नवलपरासीमा सयौं सवारीसाधन अलपत्र

मंगलवार , चैत्र ७, २०७९

पूर्व–पश्चिम (महेन्द्र) राजमार्गअन्तर्गत नवलपरासी पूर्वको चालिसकिलो भन्ने ठाउँमा सडक अवरुद्ध हुँदा सयौं सवारीसाधनहरु अलपत्र परेका छन्। 

सोमबार परेको अविरल वर्षाका कारण राजमार्ग फराकिलो पार्ने क्रममा बनाइएको डाइभर्सन भास्सिएकाले राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।

वर्षासँगकै बाढीले मध्यविन्दु नगरपालिका–७ मा डाइभर्सन र कावासोती नगरपालिका–१६ चालिसकिलोमा रहेको डाइभर्सन बगाएको प्रहरीले जनाएको छ। 

images

डाइभर्सन बगाएको ठाउँमा डोजर परिचालन गरी सम्याउने काम भइरहेको प्रहरीले जनाएको छ। बाटो खुल्न अझै केही समय लाग्ने भएकाले पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्ने सवारीसाधनलाई वैकल्पिक बाटोको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार