मंगलवार, कार्तिक ४ गते २०८३

कोशी प्रदेश: आन्दोलनरत पक्षसँग वार्ता गर्न ६ सदस्यीय समिति गठन

शनिवार , चैत्र ११, २०७९

काठमाडौं। सरकारले कोशी प्रदेश नामकरणको विषयमा आन्दोलनरत पक्षसँग वार्ताका लागि समिति बनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आन्दोलनरत पक्षसहित बसेको बैठकपछि गृह मन्त्रालयले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय वार्तासमिति गठन गरेको हो।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलन र आन्दोलनको क्रममा लाजेहाङ (पदम) लिम्बूको निधन भएकामा दुख व्यक्त गर्दै वार्ताबाटै समस्याको समाधानका लागि आग्रह गरेका थिए ।

१ नम्बर प्रदेश नामांकन संयुक्त संघर्ष समितिको ब्यानरमा आन्दोलनको नेतृत्व गरिरहेका नेपाल आदिवासी जनजाति महासंक, किरात राई यायोक्खा, किरात याक्थुम चुम्लुङ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात धर्म तथा साहित्य उत्थान मञ्चलगायतकासरोकारवाला संघ-संस्थाका प्रतिनिधिसँग शनिबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट समस्या समाधान गर्न अपिल गरेका थिए ।

भेटमा सरकारका तर्फबाट सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारप्रविधिमन्त्री रेखा शर्मा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, मुख्यसचिव शंकरदास वैरागी र गृहसचिव विनोद सिंह थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार