बिहिवार, आश्विन २२ गते २०८३

कांग्रेस त्यागेका स्वर्णिम वाग्ले रास्वपाबाट उम्मेदवार

शुक्रवार , चैत्र १७, २०७९

काठमाडौँ। अर्थशास्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपचुनाव लड्ने भएका छन् ।

कांग्रेस पार्टी त्यागेकै दिन रास्वपाले उनको नाम तनहुँ १ बाट निर्वाचन लड्ने प्रारम्भिक उम्मेदवारको नामावलीमा राखेको हो।

कांग्रेसले उम्मेदवार नबनाएपछि उनी कांग्रेसबाट बाहिरिने निर्णयमा पुगेका हुन्। रास्वपामा उनी दोस्रो वरीयतामा वरिष्ठ उपसभापति बन्ने तयारी छ।

४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा पनि कांग्रेसबाट टिकट पाउने चर्चामा रहेर अन्तिम अवस्थामा वाग्लेले टिकट पाएका थिएनन्। त्यसवेला उनको चितवन या गोरखाबाट निर्वाचन लड्ने इच्छा थियो। उम्मेदवारको टुंगो लाग्दा कांग्रेसले टिकट नदिएपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले समेत उम्मेदवार बन्न आग्रह गरेका थिए।

ओलीले वाग्लेलाई काठमाडौं ७ मा निर्वाचन लड्न भनेका थिए। ओलीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउन आग्रहसहित विनासर्त सघाउने वचन दिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार