बिहिवार, आश्विन २२ गते २०८३

सात मन्त्री थप्दै सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन, सरकार अझै अपूर्ण

शुक्रवार , चैत्र १७, २०७९

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। पुष १० मा प्रधानमन्त्री बन्नुभएका प्रचण्डले सातौंपटक मन्त्रीपरिषद् पुर्नगठन गरेका हुन्। तरपनि पूणर्ता भने पाएको छैन ।

प्रधानमन्त्री प्रचण्डले दोश्रोपटक विश्वासको मत पाएपछि आज नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायत दललाई समेटेर सात सदसीय मनत्रीपरिषद् पुर्नगठन गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त गरेका छन् । उपसभापति पूणर्बहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बनेका छन् ।

यस्तै डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री बनेका छन्। जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन्। 

नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन्।

माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बन्नुभएको छ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई भौतिक पूर्वाधार मन्त्रालयबाट गृह मन्त्रालयमा पठाईएको छ । 

सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराती र संघीय मामिला तथा समान्य प्रशासनमा अमनलाल मोदीले निरन्तरता पाए।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरदसिंह भण्डारी श्रम तथा रोजगार र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बने।

नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बन्दा जनतका अब्दुल खानले खानेपानी मन्त्रालयमा निरन्तरता पाएका छन्।

सातौं पटक पुनर्गठन गर्दा पनि प्रचण्ड सरकारले पूणर्ता भने पाउन सकेन । अझै ५ मन्त्रालय प्रधानमन्त्रीसँग छ । ८ मन्त्रालय पाएको नेपाली कांग्रेसले ४ जनाको नाम दिएको छैन भने जसपाले पनि एक मन्त्रीको नाम दिन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार