बिहिवार, आश्विन २२ गते २०८३

नयाँ मन्त्रीको शपथ दिउँसो ३ बजे: राष्ट्रपति कार्यालय

शुक्रवार , चैत्र १७, २०७९

नवनियुक्त मन्त्रीहरुकाे शपथ आजै हुने भएकाे छ। त्यसका लागि राष्‍ट्रपति कार्यालयले दिउँसो ३ बजे नवनियुक्त मन्त्रीका लागि शपथको समय तोकेको छ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले नव नियुक्त मन्त्रीहरूको शपथ तीन बजे तय भएको अन्नपूर्णलाई जानकारी दिए ।

यसअघि आज बिहान मन्त्रिपरिषद विस्तार र शपथग्रहणका विषयमा  राष्ट्रपति रामचन्द्र पौडेल  र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार