बिहिवार, आश्विन २२ गते २०८३

खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा

शुक्रवार , चैत्र १७, २०७९

काठमाडौँ । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले  राजीनामा बुझाएका छन् । मन्त्री खानले शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् ।  

सरकारमा मन्त्रालयको भागबन्डामा चित्त नबुझेपछि उनले राजीनामा दिएका हुन् । जनमत पार्टीले सुरुदेखि नै उद्योग मन्त्रालय मागिरहेको थियो । तर, अहिले पनि खानेपानी मन्त्रालय नै दिने भएपछि उनले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार