आइतवार, कार्तिक ९ गते २०८३

नेता खनालको विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्नु गैरकानुनी : गगन थापा

बुधवार , श्रावण ६, २०७८

काठमाडाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले विदेशमा गराएको उपचार खर्च राज्यले व्यहोर्न नमिल्ने बताएका छन् ।

थापाले विदेशमा गरेको जोसुकै नेपालीहरूको उपचार खर्च राज्यले व्यहोर्ने कानुनी व्यवस्था नरहेको भन्दै पूर्व प्रधानमन्त्री तथा  नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको विदेशको उपचार खर्च कानुनी रूपमा राज्यले व्यहोर्न नमिल्ने बताएका हुन् ।

पूर्व प्रधानमन्त्री खनाल केही सातादेखि मिर्गौलालगायत समस्याले गर्दा दिल्लीमा उपचाररत छन् । उनले आवश्यक परेमा खनालका लागी देशविदेशमा रहेका नेपालीहरूले सहयोग गर्न तप्पर रहेको बताए । 

केपी ओली सरकारले पूर्व प्रधानमन्त्री खनालको उपचार खर्च राज्यले व्यहोर्ने निर्णय गरेका थियो । त्यसबेला पनि नेता थापाले फेसबुकमा लेख्दै निर्णयको विरोध जनाएका थिए ।

त्यस्तै, मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डनिवासबाट दिल्लीमा उपचाररत नेता खनाललाई फोन संवादमार्फत उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए ।

त्यसलगत्तै विदेशको उपचार खर्च सरकारले व्यहोर्न नमिल्ने भन्दै नेता थापाले बुधबार सामाजिक सञ्जालमा विरोध जनाएका हुन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार