बिहिवार, आश्विन २२ गते २०८३

मिटरब्याज पीडितसँग प्रधानमन्त्रीले छलफल गर्दै

शनिवार , चैत्र १८, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्ने भएका छन् । 

काठमाडौं आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितसँग प्रधानमन्त्री प्रचण्डले आज बिहान बालुवाटारमा छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

मिटरब्याज पीडितले केही दिनदेखि राजधानीमा प्रदर्शन गर्दै आइरहेका छन् ।

यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार