बिहिवार, आश्विन २२ गते २०८३

बारा-२ मा जसपालाई सघाउने कांग्रेसको निर्णय

आइतवार , चैत्र १९, २०७९

काठमाडौं । सत्तासाझेदर दल नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टी (जसपा)का उमेदवारलाई सघाउने निर्णय गरेको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट साे निर्णय गरिएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

यहाँ जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउँदैछ । यादवको नाम सर्वसम्मतरूपमा सिफारिस भइसकेको छ । सत्ता गठबन्धनका तर्फबाट पनि उनी साझा उमेदवार बन्ने तयारी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार