राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निणर्यविरुद्ध युवराज पौडेल (सफल) को रिट सर्वोच्चमा दर्ता भएको छ ।
युवराज सफलले महान्यायाधिवक्ता कार्यालयको निणर्यविरुद्ध आइतबार पेश गरेको रिट आज दर्ता भएको हो । रिट उपर पहिलो सुनुवाइका लागि भोलि पेशी तोकिएको छ । सफलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गर्नुभएको थियो ।
सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले लामिछानेको सांसद पद खारेज गरेको थियो । चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा चलाउनु नपर्ने निणर्य सदर गरेको थियो ।