निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने भएको छ । साेमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निणर्य गरेको हो ।
धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला बनाउन नसकेपछि सरकारलाई जिम्मेवारी लिन आग्रह गर्दै आएको थियो । यस्तै आजै बसेको बैठकले सुराकी परिचालन कार्यविधि खारेज गर्ने निणर्य गरेको छ ।
मन्त्रिपरिषद् बैठकले सुराकीका नाममा गर्ने खर्चसम्बन्धी कार्यविधि खारेज गर्ने निणर्य गरेको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ ।