बिहिवार, आश्विन २२ गते २०८३
उम्मेदवारीविरुद्ध उजुरी

रवि लामिछानेले पेश गरे ६ पृष्ठको स्पष्टीकरण, युवराज सफलको उजुरी लिन अस्वीकार

बुधवार , चैत्र २२, २०७९

काठमाडौं। चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ६ पृष्ठ लामो स्पष्टीकरण बुझाउका छन्।

बुधबार  मध्यान्हन मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा रविले त्यो स्पष्टीकरण बुझाएका हुन्। स्पष्टीकरण अध्ययनपछि कार्यालयले बुधबारै साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । उता चितवन- २ को उपनिर्वाचनमा लामिछानेविरूद्ध उजुरी दिएका चारमध्ये युवराज पौडेल ‘सफल’को उजुरी नलाग्ने भएको छ ।

लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई फेरि नागरिकता लिएको भन्दै पौडेलले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए तर, लामिछानेविरूद्ध पौडेलबाहेक चितवन-२ मै उम्मेदवारी दिएका अरू तीनजनाले पनि उजुरी दिएका छन् ।

तीनजना उम्मेदवार र प्रतिनिधिहरुको उजुरी लिएको निर्वाचन अधिकृतको कार्यालयले पौडेलले उजुरी दिनै नपाउने भन्दै दर्ता गर्न अस्वीकार गरेको हो ।

रविविरुद्ध स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवबहादुर सुवेदीले उजुरी दिएका थिए।

लामिछानेले पुरानो मतदाता नामावलीका आधारमा उम्मेदवारी दर्ता गरेको उजुरीमा उल्लेख थियो । त्यसैगरी नागरिकता लिएको तीन महिना नपुगी उम्मेदवार बन्न नमिल्ने उनीहरुको दावी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार