बिहिवार, आश्विन २२ गते २०८३

रविको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेश दिन अस्वीकार

बुधवार , चैत्र २२, २०७९

काठमाडाैं। सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयले राहदानी विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण मागेको छ।

न्यायाधीश हरिप्रसाद फुयालको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै बुधवार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

यसअघि चैत ६ गते महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध मुद्दा चलाउन नपर्ने निर्णय गरेका थिए। 

नेता लामिछानेविरुद्ध पासपोर्टसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधीवक्ता दिनमणि पोखरेलले गरेको निर्णयविरुद्ध युवराज पौडेल (सफल) सर्वोच्च पुगेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार