काठमाडौं। बिहीबारको प्रतिनिधिसभा बैठकमा सांस्दहरुले वर्तमान सरकारका १०० दिनका कामकारवाहीमा प्रश्न उठाएका छन् । नेकपा एमालेका सांसद अघुजी पन्तले सरकारले गरेका कामहरुभन्दा निर्देशन र अब गर्न सकिने कामहरुलाई मात्रै प्राथमिकता दिएको बताए।
विशेष समय लिएर बोल्दै पन्तले सरकारका ३७ बुँदै काम स्पष्ट नभएको बताए। ब्यङ्ग्यात्मक रुपमा प्रस्तुत हुनुभएका पन्तले यस समयमा नेपालमा कति मिलिलिटर पानी पर्यो, अस्पतालमा कति बच्च जन्मिए? लगायतका तथ्यांक राखेको भए अरु पनि काम थप हुने थिए कि? भन्दै प्रश्न गरे।
जवाफमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सरकारका १०० दिनलाई पूर्वाग्रह र ईश्र्याको भावनाबाट मुक्त रहि जनताको पक्षबाट हेर्नुपर्ने बताए।
सभामा बौल्दै दाहालले पुष २६ र चैत ६ गते विश्वासको मत लिदा प्रधानमन्त्रीले देखाएका प्रतिवद्धताकै जगमा सरकार चलिरहेको दावी गरे।
यस्तै बिहीबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा माओवादी केन्द्रका सांसदहरुबीच सवालजवाफ चलेको छ ।
रप्रपा संसद ज्ञानेनद शाहीले शाहीले संघीयता र प्रदेश देश ठूलो भएको अवस्थामा मात्रै चाहिने अभिव्याक्ति दिएका थिए।
संघीयता कार्यकर्ता भर्ती गर्ने कहीँ नअटेको व्यक्तिलाई सांसद बनाउने प्रवृत्ति बढेको र विदेशबाट ऋण ल्याएर संघीयता पाल्न नसक्ने बताए।
संसदको आकस्मिक समयमा नेता शाहीको अभिव्यक्तिप्रति माओवादीका प्रमुख सचेतक हितराज पाण्डले नियमापत्ति जनाए। शाहीको अभिव्यक्ति संसदको आकस्मिक समयसँग मेल नखाएको माओवादी सांसद पाण्डको भनाई छ।