मंगलवार, आश्विन १३ गते २०८३

महामारी प्रभावित उद्योग व्यवसाय बचाउन राहत प्याकेज ल्याउँछौं : प्रधानमन्त्री देउवा  

बुधवार , श्रावण ६, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण प्रभावित उद्योग–व्यवसायलाई बचाउन राहत ‘प्याकेज’ ल्याइने घोषणा गरेका छन् ।     
     
नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले निजी क्षेत्रका सबै उद्यमी-व्यवसायी र सम्बन्धित क्षेत्रका विज्ञसँगको परामर्शमा महामारी प्रभावित उद्योगधन्दालाई उकास्ने प्याकेज ल्याउने सोचमा आफू रहेको बताए।

सबै नागरिकका लागि कोभिड-१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउनु आफ्नो पहिलो प्रथमिकता भएको स्पष्ट गर्दै प्रधानमन्त्रीले आर्थिक विकास र लगानी प्रवद्र्धनलाई पनि उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको जानकारी गराए ।
     
त्यस्तै अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता बोध कोभिडको महामारीले गराएको विचार व्यक्त गर्दै परिसङ्घको ‘मेक इन नेपाल’ – स्वदेशी उत्पादन प्रवद्र्धन अभियानको सराहना गरे । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार