बिहिवार, आश्विन २२ गते २०८३

कोशी आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू शहीद घोषणा

शुक्रवार , चैत्र २४, २०७९

काठमाडौं । सरकारले कोशी नामकरणविरुद्ध आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू लाजिहाङलाई शहीद घोषणा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।

सरकारले उनको परिवारलाई क्षतिपूर्ति पनि दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती जानकारी दिए। 

कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला यही चैत ५ गते विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रहरीको लाठी लागेर घाइते भएका ४२ वर्षीय लिम्बुको उपचारको क्रममा मृत्यु भएको थियो । धरान-१५ का लिम्बू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर थिए । उनी २०५२ देखि लिम्बूवान आन्दोलनमा थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार