बुधवार, कार्तिक ५ गते २०८३

मिटरब्याज पीडितका माग सम्बोधन गर्न अर्को वार्ता समिति गठन

शुक्रवार , चैत्र २४, २०७९

काठमाडौं। गृह मन्त्रालयले मिटरब्याज पीडितहरूसँग वार्ता गर्न सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। मन्त्रालयले शुक्रबार मिटरब्याज पीडितहरूसँग वार्ता गर्न अर्को समिति गठन गरेको हो ।

यसअघि सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाएको थियो ।

तर, मिटरब्याज तथा ठगीविरुद्ध किसान (मजदुर संघर्ष समिति) ले आन्दोलन जारी राखेपछि उनीहरूका माग समेट्नेगरी वार्ता समिति गठन गरिएको हो।

पाँच सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी , प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य हुनुहुन्छ भनेगृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ सदस्य सचिव छन्।

उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले पीडितलाई अविलम्ब सम्बोधन गर्न निर्देशन दिनुभएको र समितिले तत्काल आवश्यक पहल थाल्ने गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार