काठमाडौं। ललितपुरमा अर्पाटमेन्ट बनाउने क्रममा घर भासिएपछ स्थानीइ त्रसित बनेका छन् । गएराती समिट अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीयले ज्यान जोगाउन भागाभाग गरेका थिए ।
नक्सा पास नै नगरी र आफूहरुसँग अनुमतिसमेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेपछि आफूहरुको घरसमेत भासिन पुगेको स्थानीयहरुले गुनासो गरेका छन् । सो निर्माणधीन अपार्टमेन्ट वरपरका एक तला जति घरहरु भासिएका छन् । डेरा गरेर बस्नेहरु सबै भागेको र आफूहरु पनि घरमा बस्ने अवस्था नरहेको स्थानीयले बताएका छन् ।
अपार्टमेन्ट बनाउनका लागि सम्बन्धित वडा र अन्य कुनै पनि निकायबाट अनुमति नलिएको पनि स्थानीयको भनाइ छ । गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरुलाई घरबासविहीन बनाउने पक्षलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।
साथै आफूहरुको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था तत्काल गर्न पनि उनीहरुले माग गरेका छन् ।
यसैबीच, ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा तोसिमा कार्कीले सो अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरुले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छन्।