काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व मन्त्री मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन्। शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै न्यौपानेले पुनः विद्रोहको घोषणा गरेका हुन्।
नेकपा एमालेबाट विद्रोह गरि एकीकृत समाजवादी पार्टी खोल्न भूमिका खेलेका न्यौपाने माधव नेपाल र झलनाथ खनालपछिको वरियतामा रहेका थिए।
न्यौपानेले नेकपा एसमा कम्युनिस्ट चरित्र सकिएर दक्षिणपन्थीको सेवक मात्र बनेको र जति खाए पनि नभरिने नेताहरूको चरित्र देखिएको भन्दै सो पार्टी परित्यागगरेको उल्लेख गरेका छन्।
आफूले केन्द्रीय कमिटी बैठकमा ३३ बुँदे फरक मत राखेर छलफलको माग राखे पनि छलफल नगरिएको पनि उनले बताए।
भविष्य नभएको पार्टीको नेता हुनुभन्दा सम्मानित नागरिक भएर जिउने भन्दै पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको उनले उल्लेख गरेका छन्।