काठमाडौं।संक्रमणकालीन न्याय निरूपण सम्बन्धी (टिआरसी) विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्ने सत्तापक्षको प्रस्ताव एमालेले अस्वीकार गरेको छ ।
सभामुख देवराज घिमिरेसंग आज भएको शीर्ष नेताहरूको छलफलमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संसदीय समितिमा लैजानुपर्ने बताएका हुन्।
सभामुखको कार्यकक्षमा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले समितिमा लगेर छलफल गरिनुपर्ने बताए।
बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा दर्ता भएका संवैधानिक परिषद्, संक्रमणकालीन न्याय र सम्पत्ति सुद्धिकरढण विधेयकलाई फास्ट ट्रयाकमार्फत लैजाने बिषयमा छलफल भएको बताए।
त्यस बिषयमा सत्तारुढ दलहरु सहमत भएपनि एमालेले फरक मत राखेको उनको भनाई छ ।
एमालेले नमानेपछि बीचको बाटो खोज्ने प्रयास भइरहेको र यसका लागि विज्ञहरूको पनि सहायता लिइने बताए । शीर्ष तहमा चैत २८ गते पुनः छलफल हुने भएको छ ।