बुधवार, आश्विन १४ गते २०८३

नेपाल ओलम्पिक छनोटको पहिलो चरणबाटै बाहिरियो, भियतनामसंग २-० ले पराजित 

शनिवार , चैत्र २५, २०७९

काठमाडौं। नेपाल पेरिसमा आगामी वर्ष आयोजना हुने महिला ओलम्पिक फुटबल प्रतियोगिताको एसियाली छनोटको पहिलो चरणबाटै बाहिरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको समूह ‘सी’अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल भियतनामसँग २-० गोलअन्तरले पराजित भएपछि ओलम्पिक छनोटको पहिलो चरणबाटै बाहिरिएको हो ।  

भियतनामको जितमा फाम हाइ यनले दुई गोल गरिन् । फामले दुई मिनेट भित्र दुई गोल गर्दै पाहुना टोलीलाई जित दिलाएकी हुन् । खेलको छैटौं मिनेटमा फामले गोल गर्दै भियतनामलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।

त्यसको एक मिनेट नबित्दै सातौं मिनेटमा फामले व्यक्तिगत दोस्रो गोल गर्दै भियतनामलाई २-० को जित दिलाईन् । यस जितसँगै भियतनाम भने समूह ‘सी’ बाट ओलम्पिकको एसियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

यसअघि बुधबार भएको पहिलो खेलमा भियतनामले नेपाललाई ५-१ गोलअन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार