बुधवार, आश्विन १४ गते २०८३

आईपीएल: दिल्लीको लगातार तेस्रो हार, राजस्थानको दोस्रो जित

शनिवार , चैत्र २५, २०७९

ईन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले दोस्रो जित हात पारेको छ । आफ्नो तेस्रो खेलमा दोस्रो जित निकालेको राजस्थानले दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गरेको हो ।

गोहावाटीमा भएको खेलमा राजस्थानले दिएको २ सय रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्र बनायो ।दिल्लीका लागि कप्तान तथा ओपनर डेविड वार्नरले ५५ बलमा ७ चौकाको सहयोगमा ६५ रनको अर्धशतकीय ईनिङ खेले । ललित यादवले २४ बलमा ३८ रन बनाए ।

राजस्थानका लागि ट्रेन्ट बोल्ड र युजभेन्द्र चहलले समान ३/३ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९९ रन बनाएको हो ।

जितसंगै तीन खेलबाट ४ अंक जोडेको राजस्थान शीर्ष स्थानमा रहेको छ । तेस्रो हारसँगै अंकबिहिन रहेको दिल्ली तालिकाको नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार