बुधवार, आश्विन १४ गते २०८३

स्पेनिस ला लिगा: बार्सिलोना गोलरहित बराबरीमा

मंगलवार , चैत्र २८, २०७९

काठमाडौं । घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ ।

स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना जिरोनासँग गोलरहित बराबरीमा रोकिएको हो ।

स्पोटिफाई क्याम्प नोउमा सोमबार राति भएको खेलमा बार्सिलोनाले पटक पटक गोलका लागि प्रयास गरेको भए पनि जिरोनाका गोलरक्षक पाउलो गाजानिगाले उसको कुनै पनि प्रयासलाई सफल हुन दिएनन । 

र, खेल गोलरहित बराबरीमा टुंगियो । ला लिगामा बार्सिलोनाको यो तेस्रो बराबरी हो ।

दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई १३ अंकले पछि पारेको बार्सिलोनाले २८ खेलबाट ७२ अंक बटुलेको छ भने जिरोना ३५ अंक जोडेर ११औं स्थानमा छ । दोस्रो स्थानको रियलसँग ५९ अंक रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार