काठमाडौं। सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को धारणा अराजक रहेको ठहर गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पछिल्ला दिनमा संघीय सरकारका विषयमा सामाजिक सञ्जालमा राखेको धारणा अराजक रहेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन्।