काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफ्नो भनेर मिडियामा आएको अडिओलाई सम्पादन गरिएको भनेर दाबी गरेका छन्।
बुधबार पार्टी कार्यालयमा पत्रकारसमक्ष आफ्नो धारणा संक्षेपमा राख्दै उनले आजकाल अडिओ इडिट गर्न सकिने बताएका हुन्। नलाई पार्टीले भने निलम्बित गरेको छ ।
उनले निलम्बनको प्रक्रियालाई स्वागत गरेको बताउदै आफू न्यायालयमा गएको र क्लीन चिट लिएर आउने दावी गरे।
उनले भने, ‘न्यायालयबाट क्लिन चिट लिएर आउँछु, त्यतिबेलासम्म धैर्य गर्नुहोला। मेरो कारणले पार्टी र उपनिर्वाचनलाई अफ्ठ्यारो स्थिति परेको छ। त्यसप्रति म क्षमाप्राथि छु। यो अडिओलाई ध्यानमा नराखी हाम्रो तीनै क्षेत्रका उम्मेदवारलाई सहयोग गर्नुहोला। यो अडिओ केही पनि होइन। सुनयोजित रुपमा ल्याइएको हो।’
यद्यपी दोश्रोपटक आफूलाई निदौष सावित गर्नका लागि गरिएको फोनकलबारेमा पत्रकारहरुले प्रश्न गर्दा भने उहाँले जवाफ दिन चाहेनन्।