बिहिवार, आश्विन २२ गते २०८३
दुई करोड अडियो प्रकरण

रास्वपा सांसद ढाका श्रेष्ठ पार्टीबाट निष्कासित, विन्दबासिनीलाई सांसद बनाउने निणर्य

बुधवार , चैत्र २९, २०७९

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले ढाका अर्याललाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको छ ।

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ बाहिरिएपछि पार्टी कार्यालय बसेको केन्द्रीय समितिको बैठकले सांसद श्रेष्ठलाई साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको हो ।

पार्टीको आज बसेको बैठकले सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निणर्य समेत गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए।

अडियोका बारेमा अख्तियार लगायत अधिकारसम्मपन्न सकोरकारवाला निकायले छानविन थालेको बिषय सञ्चारमाध्यममा सार्वजनिक भएको भन्दै लामिछानेले त्यस्ता छानविनमा पार्टी सधैं सहयोग गर्न तयार रहेको जानकारी दिए।

तर, ढाकाप्रसादले भने आफूलाई फसाउनको लागि सुनुयोजित रुपमा अडिओ इडिट गरेर ल्याइएको दाबी गरे। उनले आफू न्यालयमा गइसकेकाले क्लिन चिट लिएर आउने दाबी पनि गए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार