काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग कुराकानी गरेको निष्कर्ष निकालेको छ । केन्द्रीय पार्टी कार्यालयमा बुधबार बसेको पार्टीको बैठकले व्यवसायी प्रसाईँसँग श्रेष्ठले फोनमा कुराकानी गरेर दुई करोड रुपैयाँ मागेको निष्कर्ष निकालेको हो।
बैठकपछि पार्टी सभापति रवि लामिछानेले ढाकाकुमारलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्दै सांसद पद समेत खारेज गरेको हो। योसंगै श्रेष्ठको ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निणर्य समेत गरेको पनि भएको छ।
अडियोका बारेमा अख्तियार लगायत अधिकारसम्मपन्न सकोरकारवाला निकायले छानविन थालेको बिषय सञ्चारमाध्यममा सार्वजनिक भएको भन्दै लामिछानेले त्यस्ता छानविनमा पार्टी सधैं सहयोग गर्न तयार रहेको जानकारी दिए।
केही दिन अघि श्रेष्ठले मन्त्री बन्नको लागि पार्टीलाई बुझाउन भन्दै व्यवसायी प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएको थियो ।
तर, श्रेष्ठले उक्त अडियो आफ्नो नभएको दाबी गर्दै आएका थिए । बुधबार बसेको रास्वपाको बैठकले उक्त फोन वार्ता श्रेष्ठको नै भएको निष्कर्ष निकालेको हो ।
पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले समितिसँग श्रेष्ठले दिएको बयान विरोधाभासी रहेको र स्थिर नरहेको बताए ।
लामिछानेले भने- उहाँको कुरामा स्थिरता देखिएन । कोर टीमबारे उहाँले प्रष्ट पार्नुभएको छैन । मलाई सिध्याइयो भने छाड्दिन पनि भन्नुभएको छ । उहाँ बार्गेनिङ प्वाइन्टमा आउनुभएको छ । उहाँले अडिओ मेरो होइन भन्नु भएको छ फेरि अर्कोतिर मलाई सक्ने हो भने नामै लिएर कोर टीमको कसैलाई छाड्दिन पनि भन्नुभएको छ । उहाँले भोलि प्रमाणसहित आए जो भए पनि कारवाही हुन्छ नत्र भोलि जसको पनि नाम लिन सक्नुहोला ।
सभापति लामिछानेले छानबिन समितिमा ढाकाले दिएको बयानका आधारमा उनी दोषी देखिएको बताए । उनले आफू डुबेमा पार्टी नै डुबाइदिन्छु भन्दैछन् भन्दै उनले बोली परिवर्तन गरेकाले भोलि जसको पनि नाम लिन सक्ने बताए ।
लामिछानेले भने- उहाँले दिएको सबै बयान हामीले रेकर्ड गरेका छौं । सांसद पद खारेज नगरियोस्, खारेज गरे म जसको नाम लिन सक्छु, सिध्याइदिन्छु भन्नुभएको छ ।
तर, ढाकाप्रसादले भने आफूलाई फसाउनको लागि सुनुयोजित रुपमा अडिओ इडिट गरेर ल्याइएको दाबी गरेका छन्। उनले आफू न्यालयमा गइसकेकाले क्लिन चिट लिएर आउने दाबी पनि गरे।