बिहिवार, आश्विन २२ गते २०८३

काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अन्तै सार्न बालेनको चुनौती

बिहिवार , चैत्र ३०, २०७९

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले काठमाडौंको हितमा काम नगरे सिंहदरवारलाई अर्को पालिकामा सार्न चुनौती दिएका छन्। 

बिहीबार सामाजिक सञ्जालमार्फत मेयर शाहले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्दा काठमाडौंवासीलाई आपत्ति नहुने बताएका छन् ।

‘हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् ।हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला सभ्यता चाहिन्छ, राजनीति होइन ।’

महानगरपालिकालाई विभिन्न मन्त्रालयहरूले असहयोग गरेको भन्दै बालेनले केन्द्र सरकारसँग पैंठेजोरी खेलिरहेका छन् । उनले सिंहदरबार, शीतल निवास र बालुवाटारको फोहोर नउठाउन समेत निर्देशन दिएपछि समस्या चुलिएको छ ।

यसअघि बसेको मन्त्रीपरिषद्को बैठकले पनि मेयर बालेको अभिव्याक्ति अराजकतातर्फ गईरहेको र सच्याउन आग्रह गर्ने निणर्य गरेको थियो। त्यसको केही दिनपछि बालेनको अर्को चुनौती आएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार