काठमाडौं। बिभिन्न क्षेत्रमा योगदान पुर्याएका ९८२ जना राष्ट्रपति रामचन्द्र पौडेलबाट विभूषित भएका छन्।
शीतलनिवासमा आयोजित विशेष समारोहमा पौडेलले विभूषण वितरण समारोहमा नेपाल रत्न, राष्ट्र गौरव, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्रदान गरेका हुन।
यसपटक ९८२ जनालाई राष्ट्रपतिले विभिन्न विभूषण प्रदान गर्ने भनेर असोज ३ गते गृह मन्त्रालयले नाम सार्वजनिक गरेको थियो । आज शीतलनिवासमा विभूषण वितरण समारोहमा भने ६४८ जना विभूषण वितरण गरिएको जानकारी दिइएको छ ।
जसमा नेपाल रत्नबाट पूर्वप्रधानमन्त्री दिवंगत सुशील कोइरालालाई प्रदान गरिएको छ ।
राष्ट्र गौरव विभूषण तीन जनालाई प्रदान गरिएको छ । राष्ट्र गौरव दिवंगत जीवराज आश्रित तथा सत्यमोहन जोशीलाई प्रदान गरिएको छ । यसैगरी मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई पनि नेपाल गौरव प्रदान गरिएको छ ।
संविधान दिवस अर्थात् गत असोज ३ गते विभूषण पाउनेको नाम सार्वजनिक भएको थियो ।