काठमाडौं । इन्डियन प्रिमियर लिगमा सनराईजर्स हैदरावादले कोलकता नाइट राइडर्सलाई २३ रनले पराजित गरेको छ ।
कोलकताको मैदान एडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ह्यारी ब्रुकको अविजित १०० रन मदतमा ४ विकेट गुमाएर २२८ रन बनाएको थियो । जारी आईपीएलको पहिलो शतक बनाउने क्रममा ब्रुकले ५५ बल खेल्दै १२ चौका र ३ छक्का प्रहार गरे । कप्तान एइडन मार्क्रमले २६ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५० रन बनाए ।
अभिषेक शर्माले १७ बलमा अविजित ३२ र हेनरिच क्लासेनले ६ बलमा अविजित १६ रन बनाए ।
कोलकताका आन्द्रे रसेलले तीन विकेट लिए ।
अभिषेक शर्माले १७ बलमा अविजित ३२ र हेनरिच क्लासेनले ६ बलमा अविजित १६ रन बनाए ।
कोलकताका आन्द्रे रसेलले तीन विकेट लिए ।