काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार भएको छ ।
शुक्रबार राति साढे ९ बजे कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी हवल्दार प्रकाश पुन मगरले पुनकी आमामाथि गोली प्रहार गरेको स्रोतले बतायो ।
पुनको खुट्टामा गोली लागेको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
गोली चलाउने प्रहरीलाई पक्राउ गरेर प्रहरी प्रधान कार्यालय, नक्सालमा राखेर सोधपुछ भइरहेको स्रोतको भनाइ छ ।