बुधवार, आश्विन १४ गते २०८३

आईपीएल क्रिकेटः बेंग्लोरको दोस्रो जित,दिल्लीको पाँचौ हार 

शनिवार , बैशाख २, २०८०

इन्डियन प्रिमियर लिग(आईपीएल) मा रोयल च्यालेन्जर्स बेंग्लोरले दिल्ली क्यापिटल्सलाई हराएको छ । चौथो खेलमा दोस्रो जित हात पार्ने क्रममा घरेलु मैदान एम चेन्नास्वामीमा बेंग्लोरले दिल्लीलाई २३ रनले हराएको हो ।

बेंग्लोरले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन मात्र बनायो ।दिल्लीका लागि मनिश पान्डेले ५० रनको अर्धशतकीय ईनिङ खेले पनि टिमलाई जित दिलाउन सकेनन् ।  

ओपनर पृथ्वी शा पहिलो ओभरमा नै शुन्य रनमा आउट भए । कप्तान डेबिड वार्नरले १९ रन मात्रै बनाए । एनरिक नोर्कियाले अविजित २३ रन बनाए ।

बेंग्लोरका लागि विजयकुमार वैशखले ३ तथा मोहम्मद सिराजले २ विकेट लिए । हर्षल पटेल,वानिन्दु हसरंगा र वाइनी पार्नीलले समान १/१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । चौथो खेलमा दोस्रो जित हात पारेको बेंग्लोर १० टोली सहभागी लिगको सातौं स्थानमा रहेको छ ।  दिल्ली पाँचौ खेलमा अंकबिहिन रुपमा पुछारमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार