बिहिवार, आश्विन २२ गते २०८३

रवि लामिछानेका गाडी चालक घरकाे तीन तला माथिबाट खसे, अवस्था गम्भीर

सोमवार , बैशाख ४, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक घरको तीन तला माथिबाट खसेको अवस्थामा फेला परेका छन्।

सोमबार बिहान ४ बजे सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा चितवनस्थित  भाडामा लिएको घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका हुन् ।

उनी रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेका थिए ।

लामिछानेलाई लिएर थापा आइतबार तनहुँको दमौली पुगेका थिए भने आज बारा जाने कार्यक्रम थियो । बिहान भरतपुरका विभिन्न स्थानमा घरदैलो गर्ने कार्यक्रम थियो ।

प्रहरीका अनुसार गम्भीर घाइते थापाको टाउको र खुट्टामा चोट लागेको छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार