बुधवार, आश्विन १४ गते २०८३

स्मारक ‘ए’ डिभिजन लिगः फ्रेन्ड्सको जित, थ्री स्टार र चर्च ब्वाइजले खेले बराबरी

सोमवार , बैशाख ४, २०८०

सहिद स्मारक ’ए’ डिभिजन लिग अन्र्तगत आज भएको खेलमा क्लब विजयी भएको छ भने थ्री स्टार र चर्च ब्वाइजले बराबरी खेल्दै अंक बाडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लबलाई ६-० गोल अन्तरले हराउँदै फ्रेन्ड्सले फराकिलो जित निकालेको हो ।

फ्रेन्ड्सको जितमा राफिक अमिनुले दुई गोल गरे भनने अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले एक-एक गोल गरे ।फ्रेन्ड्सको यो दोस्रो जित हो । फ्रेन्ड्सले ८ अंक जोडेको छ ।हिमालयनले ९ अंक जोडेको छ ।

यस्तै, आज नै भएको अर्को खेलमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाईटेडले बराबरी खेल्दै अंक बाडेका छन् ।च्यासल मैदानमा थ्री स्टार र चर्च ब्वाइजले गोलरहित बराबरी खेलेका हुन् ।

खेलमा दुबै टोलीले गोलको अवसर निकाले पनि गोल भने गर्न सकेनन् । यस बराबरीसँगै थ्री स्टारले ९ खेलमा १५ अंक जोडेको छ ।चर्च ब्वाइजले पनि समान १५ अंक जोडेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार