बुधवार, आश्विन १४ गते २०८३

एसिसी प्रिमियर लिग : उदघाटन खेलमा नेपाल र मलेशिया भिड्दै

मंगलवार , बैशाख ५, २०८०

एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिता मंगलबार काठमाडौंमा हुादै५।

उदघाटन खेलमा नेपालले मलेशियासँग प्रतिस्पर्धा गर्ने भएको छ। यी दुई टोलीको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे शुरु हुने क्यानले जनाएको छ।

मूलपानी खेल मैदानमा हुने सबै खेल निःशुल्क हेर्न पाइने भएपनि त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि क्यानले टिकटको मूल्य २ सय रूपैयाँ निर्धारण गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानीस्थित क्रिकेट मैदानमा हुने खेलमा १० टोली सहभागी रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।

नेपालले ३ खेल त्रिवि क्रिकेट मैदानमा खेल्दा एउटा खेल मूलपानी क्रिकेट मैदानमा खेल्नेछ। उपाधि विजेताले एशिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार