बिहिवार, आश्विन २२ गते २०८३
गाेवीन्दलाई जिताए मन्त्री बनाउछाैँ

तनहुँ पुगेर प्रचण्डको टिप्प्णीः भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न रविको निर्णय खारेज

बुधवार , बैशाख ६, २०८०

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेले गृहमन्त्री भएका बेला गरेको ठेक्का सम्झौता रद्द गर्नुको पछाडि गहिरो कुरा रहेको भन्दै भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न आफूले सो निणर्य लिएको बताएका छन्।

तनहुँमा आयोजित गठबन्धनको उपचुनावसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध ठूला गफ हाँक्नेको असलीयत के हो भन्ने आफूहरूले देखेको बताएका हुन्।

सरकारले लामिछानेले गरेको ठेक्का सम्झौता रद्दा गर्दै छानबिन समिति गठन गरेको छ । अख्तियारले पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सो सम्झौताको छानविन थालेको सन्दर्भमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई अर्थपूणर् मानिएको छ ।

तनहुँको चुनावी सभामा प्रधानमन्त्री प्रचण्डले गोविन्द भट्टराईलाई जिताएर पठाए तनहुँमा विकासको मूल फुटाइने भन्दै रास्वपारूपी खहरे खोला सुक्नेवाला रहेको पनि बताए। उनले भने, ‘कहिलेकाहीं खहरे खोला उर्लिएर आउँछ, डरलाग्दोगरी आउँछ । तर, त्यो सुक्नेवाला छ । नदी गम्भीर ढंगले महासागरतिर लम्किरहन्छ, यो कुरा नभुलौं ।’

उपचुनावमा गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन पनि दिए।

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँ-१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेल जत्तिकै योग्य रहेको बताएका छन्।

बुधबार डुम्रेमा भएको चुनावीसभामा सभापति देउवाले यसअघि निर्वाचित पौडेललाई आफूले राष्ट्रपति बनाएको र अब भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने पनि बताए।

‘देश निर्माणमा आदिकवि भानुभक्त आचार्यको योगदान पृथ्वीनारायणको भन्दा कम छैन । यो भानुको जिल्ला हो । तर अब यो राष्ट्रपतिको भूमि पनि भइसकेको छ,’ देउवाले अघि भने, ‘तपाईंहरूले रामचन्द्रजीलाई जिताएर पठाउनुभयो, मैले राष्ट्रपति बनाएँ, गोविन्द भट्टराई पनि रामचन्द्रजत्तिकै योग्य हुनुहुन्छ, उहाँलाई जिताएर पठाउनुहोस् । उहाँ पनि मन्त्री हुनुहोला ।’

देउवाले तनहुँमा भट्टराईलाई जिताउन आग्रह गर्दै स्थानीय जनताको मागबमोजिम टेक्निकल कलेज र अस्पताल बनाउने जिम्मा कांग्रेसले लिने पनि प्रतिवद्धता व्यक्त गरे।

 ‘यो चुनावबाट जे भए पनि सरकार फेरिने होइन, अब पाँच वर्ष यही गठबन्धनको सरकार हुन्छ,’ देउवाले भने, ‘तपाईंहरूले गोविन्दजीलाई जिताउनुभयो भने तनहुँको विकासमा सहयोग पुग्छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार