सोमवार, कार्तिक ३ गते २०८३

भेरी नदीमा निर्माणधिन बेलिब्रिज पुल भाँचिदा ४ जनाको मृत्यु 

बिहिवार , बैशाख ७, २०८०

काठमाडौं। भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका १२ तल्लुस्थित भेरी नदीमा निर्माण कार्य जारी रहेको बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरू काम गर्दै गरेका मजदुरहरू रहेको बताइएको छ । अन्य चारजना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पूर्व नगर प्रमुख गोरखबहादुर केसीले जानकारी दिए।

मृतकको सनाखत हुन बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार