बिहिवार, आश्विन २२ गते २०८३

मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह

बिहिवार , बैशाख ७, २०८०

काठमाडौं। सरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आन्दोलन फिर्ता लिएर सरकारलाई सहयोग गर्न आग्रह गरिन् । 

“मिटरब्याज पीडितलाई न्याय दिन सरकारले कदम चालिसकेको छ”, उनले भनिन्, “उजुरी दिएर सरकारलाई सहयोग गरिदिनु होला ।” 

सरकारले लिएको अग्रसरतालाई निरुत्साहित पार्ने गरी आन्दोलन नगर्न पनि उनले आग्रह गरिन् । 

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उनले सो समस्या समाधान गर्न उच्चस्तरीय आयोग बनाइएको बताइन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार