बिहिवार, आश्विन २२ गते २०८३
उधारा आश्वासन

जितनारायणलाई जिताए मन्त्री बनाउने जिम्मा मेरो : शेरबहादुर देउवा

बिहिवार , बैशाख ७, २०८०

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठलाई जिताएर पठाए मन्त्री बनाउने वचन दिएका छन्। बिहीबार चितवनको कालिकानगरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा देउवाले यसो बताएका हुन्।

उनले कार्यक्रममा आएका समर्थहरुलाई घरदैलो गरेर भए पनि जीतनारायणलाई जिताउन आग्रह गरे। यसअघि तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र देउवाले गोवीन्द भट्टराईलाई जिताए मन्त्री बनाउने आश्वासन दिएका थिए । 

यता, तनहुँ क्षेत्र- १ का रास्वपा उम्मेदवार डा स्वर्णिम वाग्लेले आफ्नो मन्त्रिमण्डल पूरा गर्न नसक्ने प्रधानमन्त्रीले मन्त्री बाँड्दै हिँडेको आरोप लगाएका छन्।

प्रधानमन्त्रीले हिजो तनहुँमा दिएको अभिव्यक्तिलाई खण्डन गर्दै वाग्लेले चितवनमा भएको चुनावी सभालाई बिहीबार सम्बाधोन गर्दै मन्त्रिमण्डल पनि पूरा गर्न नसक्नेले मन्त्री बाँड्दै हिँडेर लोकतान्त्रिक अभ्यासको खिल्ली उडाउनु त्यति राम्रो नभएको बताएका हुन्।

‘प्रधानमन्त्री तनहुँमा हेलिकोप्टर लिएर आउनुभएको छ। प्रधानमन्त्री मन्त्री पद बाँड्दै हिँड्नुभएको छ। स्वर्णीम वाग्लेलाई हराऊ म मन्त्री बनाउँछु भन्नुभएको छ,’ वाग्लेले भने,‘ अहिले भइरहेको मन्त्रिमण्डल पनि पूरा गर्न नसकेका व्यक्तिले मन्त्री बाँड्दै हिँडेर लोकतान्त्रिक अभ्यासको खिल्ली उडाउनु त्यति राम्रो हैन।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार