बुधवार, आश्विन १४ गते २०८३

ओमानविरुद्ध नेपालकाे शानदार जित

शुक्रवार , बैशाख ८, २०८०

काठमाडौं । एसिसी प्रिमियर क्रिकेट कप अन्तर्गत नेपालले ओमानमाथि ८४ रनको किर्तिमानी जित निकालेको छ । कीर्तिपुरस्थिति त्रिवि मैदानमा आएको भएको खेलमा बायाँ हाते युवा अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतकको मदतमा नेपाली ओमानमाथि सानदार सित दर्ता गरेको हो ।

३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा अल आउट भयो । नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३-३ विकेट लिए भने दिपेन्द्रसिंह ऐरी दुई र ललित राजवंशी एक-एक विकेट लिए ।

९ विकेटमात्र गुमाएको भए पनि ओमानले एकजना ब्याटर अघिल्लो इनिङ्समा चोटग्रस्त भएपछि ब्याटिङ गर्न सकेनन् । ओमानका मोहम्मद नदीमले सर्वाधिक ६५ रन बनाएपनि जितका लागि प्राप्त हुन सकेन ।

सन्दीप गौड ४६ , आयन खान २९, फैयज बट १९, जतिन्दर सिंह १५, आदिल शफिक १३ र कलिमुल्लाह २ रनमा आउट भए । 

यसैबीच/नेपालका स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेटमा एक सय विकेट पूरा गरेका छन् । सन्दीपले एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने विश्व कीर्तिमान समेत आफ्नो नाममा लेखाएका छन् ।

एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा विकेट लिएसँगै सन्दीपले एक सय विकेट पूरा गरेका हुन् । यस अघि एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक कम खेलमा एक सय विकेट लिने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा रहेको थियो ।

खानले ४४ एकदिवसीय अन्तराष्ट्रिय खेलमा एक सय विकेट पूरा गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार