सोमवार, कार्तिक ३ गते २०८३

पदम लिम्बूको शवयात्रामा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास प्रहार

शनिवार , बैशाख ९, २०८०

विराटनगरमा पहिचानको आधारमा प्रदेशको पुनः नामकरण माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवतजावतमा रोक लगाएपछि झडप भएको हो । आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोडेपछि झडप भएको प्रहरीले बताएको छ ।

मुख्यमन्त्री कार्यालयदेखि २०० मिटर उत्तरमा पर्ने सडकमा झडप हुँदा प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको छ ।

प्रदेशको नाम कोशी राखेको विरोधमा भइरहेको आन्दोलनका क्रममा ५ चैतमा घाइते भई १० चैतमा मृत्यु भएका पदम लिम्बुको शव श्रद्धाञ्जलीका लागि शनिबार धरानबाट विराटनगर ल्याइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार