बिहिवार, आश्विन २२ गते २०८३
खगराज पदमुक्त

तीन महिनामा ढल्यो गण्डकी सरकार, मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत

शनिवार , बैशाख ९, २०८०

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । गण्डकी प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत माग्दा नपाएपछि पदमुक्त हुनुभएको छ ।

आजको बैठकमा ५९ जना सांसद उपस्थित रहेकोमा उहाँको पक्षमा २४ मत मात्रै पर्‍यो भने विपक्षमा ३५ सांस्दले मत दिएका छन् ।

 विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले एमाले र राप्रपाका सांसदको गरी २४ मत पाएपछि उहाँले राख्नुभएको विश्वासको मतसम्बन्धि प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।

उनलाई नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र हालै नेकपा एकीकृत प्रवेश गरेका राजीव गुरुङ अर्थात दिपक मनाङेले अधिकारीलाई मत दिएनन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा २५ पुसमा मुख्यमन्त्री बनेका अधिकारी करिब साढे ३ महिना मुख्यमन्त्रीको कार्यभार सम्हाले।

सत्ता सारथि नेकपा माओवादी केन्द्रले चैतको १० गते अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता उत्पन्न भएको थियो ।

अब नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको संदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने ब्यवस्था छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार