बुधवार, आश्विन १४ गते २०८३

एसिसि प्रिमियम कप: मुलपानी मैदानमा आज नेपाल साउदी अरबसँग भिडदै

सोमवार , बैशाख ११, २०८०

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। 

कीर्तिपुरस्थित खेल मैदानमा हङकङ र बहराइन बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा नेपाल र साउदी अरबका बिचमा बीच प्रतिस्पर्धा हुनेछ। 

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। 

यसअघि भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो भने साउदी अरबले कतारलाई सात विकेटले हराएकाे थियाे । यसअघिकाे खेलमा बिजेता रहेका दुवै टाेली आज मैदानमा उत्रन लागेका हुन ।

उता हङकङ भने यूएईलाई डीएल पद्धतिमा ६७ रनलाई हराएर बहराइनसँग भिडन लागेको हो भने बहाराइन यस अघिको खेलमा कुवेतसँग दुई विकेटलाई पराजित भएको टिम हाे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार