आईतबार भएको प्रतिनिधिसभा उप-निर्वाचनको मतगण्ना सुरु भएको छ। यो समाचार तयार पर्दासम्म तनहुँमा करिब १० हजार मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले आफ्नाे अग्रता कायमै राखेका छन्।
चितवन-२ र बारा-२ मा भने मतगणना सुरु भएको छैन।
चितवन–२ को मतगणना सुरु गराउनका लागि सर्वदलीय बैठक बोलाईएको छ ।
आचारसंहिता उलङ्घनको बिषयलाई लिएर नेपाली कांग्रेसले पहिला कारबाहीको अडान लिएपछि हिजै देखी नै सुरु हुने पर्ने मतगणना हुन सकेकाे थिएन ।
आज सर्वदलीय बैठक बोलाईएर सहमति खाेजेर मतगणना सुरु गर्न लागिएकाे हाे । निर्वाचन आयोग, चितवन कार्यालयले बैठक ८ बजे सर्वदलीय बैठक बोलाईएको छ ।
सोही बैठकमा सहमति खोजेर मतगणना सुरु गरिने निर्वाचन अधिकृत ईश्वर आचार्यले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा चितवनका जिल्ला प्रमुख अधिकारी (प्रजिअ)ले निर्वाचन आचारसंहिता उलङघन गरेको भन्दै हिजो कांग्रेसले उजुरी गरेको थियो । सो उजुरीको सम्बोधन नभएसम्म मतगणनामा सहभागी हुन नसक्ने अडान कांग्रेसले लिए पछि हिजो नै हुनु पर्ने मतगणना अझै सुरु हुन नसकेको हाे ।
उता हावाहुरीलगायतको समस्याका कारण सुरू हुन नसकेको बारा–२ को मतगणना आजवाट सुरु हुने भएकाे छ ।
आज बस्ने बिहान बस्ने सर्वदलीय बैठक पछि बारा–२ को मतगणना सुरु गरिन लागिएको हो । बैठक अहिले ७ बजे बस्दैछ ।
सो बैठकको निर्णयलगत्तै मतगणना सुरु हुुने निर्वाचन आयोगको कार्यालय, बाराले जनाएको छ ।