तनहुँ । उपनिर्वाचनअन्तर्गत तनहुँमा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ । हालसम्म १७०७७ मत गनिसक्दा रास्वपाका डा स्वर्णिम वाग्लेले निरन्तर लिड गरिरहेका छन् ।
पछिल्लो मतअनुसार वाग्ले ९४८३ मतका साथ अग्रस्थानमा छन् । गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई ४४७२ मतका साथ दोस्रो स्थानमा छन् ।
सुरूदेखि नै तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालको २५६० मत छ ।
यस्तै, कांग्रेस पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको वडा भानु नगरपालिकाको ११ मा वाग्लेले सबैभन्दा धेरै मत पाएका छन् । उक्त वडामा २०१४ मतमध्ये वाग्लेले १२०२ मत ल्याउँदा भट्टराईले ५९३ र खनालले १८३ मत पाए ।
जोशी समूहले उपनिर्वाचनमा वाग्लेलाई समर्थन गरेको छ ।