बिहिवार, आश्विन २२ गते २०८३

स्वर्णिम वाग्लेले कटाए १० हजार मत

सोमवार , बैशाख ११, २०८०

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ।

अहिलेसम्म १३ वडाको भोट गनिसकिएको छ । सुरुदेखि नै लिड गरिरहेका रास्वपाका डा स्वर्णिम वाग्लेले त्यसलाई कायमै राखेका छन् ।

१८६६१ मत गणना हुँदा वाग्लेले १०२५९ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५००३ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले २७९७ मत ल्याएका छन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार