काठमाडौं। बारा–२ को पहिलो मतगणना अपडेट सार्वजनिक भएको छ ।
करैयामाई नगरपालिका–१ को हरैयाहेल्थपोट मतदान केन्द्रको ६७० मत गणनाको परिणाममा जसपा अध्यक्षसमेत रहेका उपेन्द्र यादवको अग्रता देखिएको छ ।
यादवले २२४ मत पाएका छन् । जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७० मत पाउँदा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत ल्याएर पछ्याउँदैछन् । रास्वपाका रमेश खरेलले ८० मत पाएका छन्।