बिहिवार, आश्विन २२ गते २०८३

टीआरसी विधेयक विशेष समितिमार्फत टुंग्याईने, संवैधानिक परिषद विधेयक संसदबाटै

सोमवार , बैशाख ११, २०८०

काठमाडौं। संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंग्याउन विशेष समिति बनाउने समझदारी बनेको छ । प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच टीआरसी विधेयकमाथि छलफल गर्न संसदीय विशेष समिति गठन गर्ने सहमति बनेको हो ।

सिंहदरबारमा आज भएको छलफलमासंवैधानिक परिषद् सम्बन्धी विधेयक सिधै संसदमा लगेर पारित गर्ने सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।

संवैधानिक परिषदसम्बन्धी कानूनमा समस्याका कारण प्रधानन्यायाधीश नियुक्तिको सिफारिस अघि बढ्न सकेको छैन । छलफलमा एमालेबाट अध्यक्ष केपी ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी थिए।

कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक सहभागी हुँदा माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख सचेतक हितराज पाण्डे सहभागी भएका थिए।

यो सहमतिसँगै अब संवैधानिक परिषदबाट प्रधानन्यायाधीश नियुक्ति सिफारिस, संसदीय सुनुवाइ समिति गठनलगायतका सबै प्रक्रिया अघि बढ्ने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार