बिहिवार, आश्विन २२ गते २०८३

रवि लामिछानेलाई १५ सय मतकाे अग्रता, अरु क्षेत्रमा काे अगाडी?

सोमवार , बैशाख ११, २०८०

काठमाडौं। प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तीन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दुई स्थानमा अग्रता लिइरहको छ । जारी मतगणनामा तनहुँ १ मा रास्वपा उम्मेदवार स्वर्णिम वाग्ले र चितवन २ मा रवि लामिछानेले अग्रता लिइरहेका छन् ।

वाग्लेले १८ हजार ४६१ मत पाउँदा उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार ८ सय ४१ मत पाउदा नेकपा एमालेका सर्वेन्द खनालले ६०६८ मत पाएका छन्। 

यस्तै चितवन २ मा रास्वपाका सभापति लामिछानेले अग्रता बनाएका छन्। उनले ३६०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका रामप्रसाद न्यौपालेले २०८२ मत पाएका छन्। त्यस्तै कांग्रेसका जीतनारायण श्रेष्ठले १४९४ मत पाए।

यस्तै बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले फेरि झिनो मतले अग्रता लिएका छन्। उहाँले १३९० मत पाउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहले१३०१ मतका साथ पच्छाईरहेका छन्।

नेकपा एमालेका पुरुषोतम पौडेलले ६२९  मत पाएका छन्। बारामा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल चौथो नम्वरमा छन्। खरेलले २५९ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार