काठमाडौं। संघिय संसदका २ विशेष समितिमध्ये एमालेले राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिको सभापति पाउने भएको छ । संसदीय सुनुवाई समितिको भने सभापति कांग्रेसले पाउने भएको छ ।
सोमबार तीन दलका शिर्ष नेताहरुबीच भएको छलफलले भागवण्डा टुंग्याएको हो। १५ सदस्यीय सुनुवाइ समितिमा कांग्रेस र एमालेबाट ४/४ जनाको सहभािगता रहने छ भने बाँकी ७ जनामा माओवादी, रास्वपा, राप्रपा, जसपा, एकीकृत समाजवादी लगायतका दलबाट प्रतिनिधित्व हुनेछ ।
त्यसैगरी बैठकमा एमालेले प्रतिनिधि सभाको १० समितिमध्ये सार्वजनिक लेखासहित २ वटा समितिको नेतृत्व पाउने सहमति भएको छ । एमालेले चारवटा समितिको सभापति दाबी गर्दै आएको थियो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र ती दलका प्रमुख सचेतकहरूको सहभागिता रहेको थियो ।